site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियालाई विश्वकप जित्न २४१ रनको लक्ष्य
SkywellSkywell

काठमाडौं । केएल राहुल र विराट कोहलीको अर्धशतकप्रेरित भारतले आईसीसी एकदिवसीय विश्वकपको उपाधिका लागि अस्ट्रेलियाविरुद्ध २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गर्यो ।

अस्ट्रेलियन बलरसामू निरीह देखिएका भारतका ब्याटर खुलेर खेल्न सकेनन् । केएल राहुलले १०७ बलमा एक चौकासहित ६६ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा राहुलको यो १७औँ अर्धशतक हो ।

KFC Island Ad
NIC Asia

८१–३ को कठिन अवस्थामा रहँदा राहुलले चौथो विकेटका लागि विराट कोहलीसँग ६७ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए ।

कोहलीले भारतीय टिमको खातामा ५४ रन थपे । उनले ६३ बलमा चार चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको ७२औँ अर्धशतक हो ।

ओपनर तथा कप्तान रोहित शर्माले ३१ बलमा चार चौका र तीन छक्कासहित ४७ रन बनाए । सूर्यकुमार यादवले १८ र कुलदीप यादवले १० रन थप्दा अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए । १० ओभर बलिङ गरेका स्टार्कले ५५ रन खर्चिए । कप्तान प्याट कुमिन्स र जस हेजलवुडले दुई–दुई विकेट लिँदा ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान एक विकेट लिए ।

फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएका थिए । भारत जारी प्रतियोगिताको एकमात्र अपराजित टिम हो ।

विश्वकपको १३औँ संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो । भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । २००३ मा भने भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।

यता, अस्ट्रेलिया भने आठौँपटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले हालसम्म पाँच पटक उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro