site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी एकदिवसीय विश्वकप : भारतका लागि राहुलको अर्धशतक

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङमा संघर्षरत देखिएको भारतबाट केएल राहुलले अर्धशतक बनाएका छन् ।

आइतबार नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतका लागि राहुलले ८६ बलमा एक चौकासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा राहुलको यो १७औं अर्धशतक हो ।

Dabur Nepal
NIC Asia

जारी खेलको ३५ ओभर समाप्त हुँदा भारतले चार विकेट गुमाएर १७३ रन बनाएको छ । राहुलसँगै क्रिजमा रहेका रवीन्द्र जडेजाले नौ रन बनाए ।

त्यसअघि, भारतका ओपनरद्वय कप्तान रोहित शर्माले ४७ रन बनाउँदा सुभमन गिल र श्रेयस ऐयरले समान चार रन बनाएका थिए । विराट कोहली ५४ रनमा आउट भएका थिए ।

अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले दुई विकेट लिएका थिए । यस्तै, ग्लेन म्याक्सवेल र मिचेल स्टार्क एक–एक विकेट लिए ।

दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् ।

विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।

प्रतियोगितामा भारत एक मात्र अपराजित टिम हो । भारतले समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro