site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोहलीको अर्धशतक 

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङमा संघर्षरत देखिएको भारतबाट विराट कोहलीले अर्धशतक बनाएका छन् ।

नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको भारतका निम्ति कोहलीले ५६ बलमा चार चौकासहित ५० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको यो ७२औँ अर्धशतक हो ।

Dabur Nepal
NIC Asia

जारी खेलको २५.१ ओभर सकिँदा भारतले तीन विकेट गुमाएर १३२ रन बनाएको छ । कोहलीसँगै क्रिजमा रहेका केएल राहुल २५ रनमा खेलिरहेका छन् ।

त्यसअघि, भारतका ओपनरद्वय कप्तान रोहित शर्माले ४७ रन जोड्दा शुभमन गिल र श्रेयस ऐयरले समान चार रन बनाएका थिए ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र कप्तान प्याट कुमिन्सले समान एक विकेट लिए ।

दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् ।

विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।

प्रतियोगितामा भारत एक मात्र अपराजित टिम हो । भारतले समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro