site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायल र हमासबीचको द्वन्द्व रोक्न सम्झौता हुँदै

काठमाडौं । इजरायल र हमास अमेरिकी मध्यस्थतामा युद्ध रोक्नेबारे एक सम्झौतानजिक पुगेको बताइएको छ ।

सम्झौताअनुसार पाँच दिन युद्ध रोक्ने सर्तमा गाजामा बन्धक बनाइएका दर्जनौँ महिला र बालबालिकाको रिहाइ गरिने बताइएको छ ।

Dabur Nepal
NIC Asia

आउँदा केही दिनमा लागु हुने अपेक्षा गरिएको यो सम्झौताले केही दिनका लागि गाजामा जारी युद्धलाई स्थायी रूपमा रोक्नेछ ।

६ पृष्ठको लिखित सर्तसहितको सम्झौतामा द्वन्द्वरत पक्षलाई कम्तीमा पाँच दिनको लागि युद्धकार्य रोक्नुपर्ने उल्लेख छ ।

पहिलो पटक ५० भन्दा बढी बन्धकको रिहाइ हुनुपर्ने र त्यसपछिका प्रत्येक २४ घण्टामा त्यसभन्दा कम बन्दक रिहाइ गरिनुपर्ने सम्झौतामा उल्लेख रहेको वासिंगटन पोस्टले स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

गाजामा बन्दी बनाइएका २३९ जनामध्ये कति जनालाई यो सम्झौताअन्तर्गत रिहा गरिनेछ भन्ने स्पष्ट छैन ।

यो सम्झौताअन्तर्गत गाजामा इजिप्ट हुँदै इन्धन र अन्य महत्वपूर्ण मानवीय सहायता बढ्ने अपेक्षा पनि गरिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro