site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेखर कोइराला भन्छन्– टिकटक बन्द गरेर सरकारले गैरजिम्मेवार चरित्र देखायोे

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्ययनबिना टिकटक बन्द गरेर सरकारले गैरजिम्मेवार चरित्र देखाएको बताएका छन् ।

शुक्रबा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा नेता कोइरालाले टिकटक बन्द नगरी नियमन गर्नुपर्नेमा जोड दिए । कोइरालाले अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिए । कोइरालाले सरकार झनझन गैरजिम्मेवार बन्दै गएको आरोप पनि लगाए ।

कोइरालाले नेताहरूका कारण गणतन्त्र सही बाटोमा हिँड्न नसकेको पनि बताए । गणतन्त्र राम्रो व्यवस्था भए पनि राजनैतिक दलहरूका कारणले गणतन्त्रमाथि प्रश्नचिह्न  खडा भएको उनको भनाइ थियो ।

त्यस्तै, उनले कोसी प्रदेश सभाका कांग्रेसका सांसदहरूका कारण कांग्रेस बचेको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro