
काठमाडौं । त्रिमूर्ति निकेतनले तीन सर्जकलाई विभिन्न पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार ६ दशकदेखि नेपाली भाषासाहित्यको सेवामा समर्पित स्रष्टा प्रा. मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।
यस्तै, चर्चित गीतिनाटक ‘मालती मङ्गले’का अभिनेता नाट्यकर्मी हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।
काव्यसाधनामा समर्पित एवम् महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादन समेत गरी प्रकाशनमा ल्याएका जय पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।

उक्त तीनै पुरस्कारका साथ ताम्रपत्र र नगद जनही एक लाख रुपैयाँ प्रदान गरिने प्रसाईले जानकारी दिए ।