site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म मेयर भए महल बनाउनेका नक्सापास रोकिदिन्थेँ : उपसभामुख राना
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा अब ठूला महल बनाउन दिन नहुने बताएकी छन् । हरेक मानिसले घर बनाउँदै जाँदा खेतीका निम्ति खाली जमिन बाँकी नरहने भन्दै उनले ठूला महल बनाउने कार्य रोक्नुपर्नेमा जोड दिइन् ।

शुक्रबार विश्व शौचालय दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले दुई/तीनजनाका निम्ति हरेक मानिसले घर बनाउँदै गए भविष्यमा नेपाललाई खाद्यान्न अपुग हुने बताइन् । राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरे पनि नहुने अवस्था देखिँदै गएको उनले उल्लेख गरिन् ।

“महल बनाउनका लागि जो नक्सापास गर्न आउँछन् नि, त्यो म मेयर भए रोकिदिन्थेँ । सबैले घर बनाउँदै जाने दुई/तीनजनाका लागि भने कहाँ बच्छ ? सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैनजस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने । भारतले चिनी रोकिदिँदा सबै मानिस बाहिर जानुभयो । विदेशी फूललाई ब्यान्ड गर्नुभयो, बालेन्द्र शाहले । तर, यता नेपालीले मालाको मूल्य नै बढाए,” उनले भनिन्, “कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर विरोध गरे । मैले खाना खानेहरूलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु, दरबार स्क्वाएरमा । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली गर्‍यो । केही गर्दा नहुने के यो देश, केही गर्दा नहुने ! बालेन शाह मेयर बनेपछि नयाँ काम सुरु गर्नुभएको थियो, तर कतिपय होटेलले मानेनन् ।”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सर्वसाधारणलाई शौचालय व्यवस्थापनका निम्ति गरेको पहलमा होटेल व्यवसायीले असहयोग गरेको भन्दै उनले दुःख व्यक्त गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro