site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी मन्त्रिपरिषद्को बैठक महिनाको एउटा धनकुटामा राख्ने

विराटनगर । कोसी प्रदेश सरकारले महिनाको एउटा मन्त्रिपरिषद् बैठक धनकुटामा राख्ने भएको छ । 

धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय छ । तत्कालीन मुख्यमन्त्री शेरधन राईले कार्यालय स्थापना गरेका थिए । तर, पहिलो कार्यकालमा त्यहाँ एउटा पनि बैठक बसेन । त्यहाँ सहायक कर्मचारीको भरमा कार्यालय संचालित छ ।

Dabur Nepal
NIC Asia

कोसीका मुख्यमन्त्री केदार कार्कीले धनकुटाबाट ज्ञापन पत्र बुझाउन आएका प्रतिनिधि मण्डललाई प्रत्येक महिनाको मन्त्रिपरिषद्को बैठक कम्तीमा एक पटक राख्ने बताएका छन् । धनकुटाले राजधानीको माग गर्दै लामो समय आन्दोलन गरेको थियो । तर, प्रदेशसभाले विराटनगर तोक्यो । त्यसपछि विगतको क्षेत्रीय सदरमुकाममा मुख्यमन्त्री कार्यालय स्थापना गरिएको थियो । 

नेपाली कांग्रेस धनकुटाको टोली विकास र समृद्धिका लागि कार्यक्रम माग गर्दै शुक्रबार मुख्यमन्त्री कार्कीसँग भेटघाट गर्न आएका थिए । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले भने, “महिनामा एउटा बैठक धनकुटामै गर्ने मुख्यमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ ।”

कांग्रेस टोलीले कोसी प्रदेशका मन्त्रीहरू समशेर राई र कमलप्रसाद जबेगुसँग पनि भेटघाट गरी आफ्ना माग राखेको छ । मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई साधन स्रोत र जनशक्तियुक्त बनाउनु पर्ने, मन्त्रिपरिषद्को बैठक धनकुटामा राख्नुपर्ने, धनकुटा अस्पतालको स्तरोन्नति हुनुपर्नेलगायत माग प्रदेश सरकारसमक्ष राखिएको राईले बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro