काठमाडौं । अष्ट्रेलियाले प्रविधिको सुरक्षित प्रयोगलाई प्रवर्द्धन गर्न पहिलो एआई महिना सुरु गरेको छ । अष्ट्रेलिया सरकारले प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्दै बुधबार देशको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) महिना सुरु गरेको हो ।
उद्योग र विज्ञानमन्त्री एड हसिकले क्यानबेराको अष्ट्रेलियाको राष्ट्रिय विज्ञान र प्रविधि केन्द्र क्वेस्टाकनमा नयाँ एआई प्रदर्शनी खोलेर औपचारिक रूपमा एआई महिनाको उद्घाटन गरेका हुन् । एआई महिना नोभेम्बर १५ देखि डिसेम्बर १५ सम्म सञ्चालन हुनेछ ।
एआई भविष्यका लागि अष्ट्रेलियाको योजनाबारे छलफल गर्न उद्यमीहरू एक ठाउँमा जुटेका छन् । एनएआईसी निर्देशक स्टेला सोलारले यस वर्ष एआईमा भएको प्रगतिले अष्ट्रेलियाले एआई अवसरलाई सदुपयोग गर्न र यसको विश्वव्यापी प्रतिस्पर्धालाई गति दिन जोड दिएको बताए ।