site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रकोपले १२ वर्षमा १५ हजार नेपालीको लियो ज्यान
SkywellSkywell

काठमाडौं । पछिल्लो साढे १२ वर्षको अवधिमा विभिन्न प्रकोपका घटनाले नेपालमा १५ हजार ७२ जनाको ज्यान लिएको छ । 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०६८ वैशाख १ गतेदेखि २०८० कात्तिक २९ गतेसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।  भूकम्प, आगलागी, बाढी, पहिरो, चट्याङ, हिमपहिरो, कुरी बतास, भारीवर्षा लगायतका विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको हो । 

विपद् जोखिम न्यूनीकरणको लागि प्रत्येक वर्ष सरकारले करोडौं रुपैयाँ खर्च गर्दै आए पनि जोखिम कम भने हुन सकेको छैन ।  विपद्का घटनाबाट प्रत्येक वर्ष नेपालले ठूलो जनधनको क्षति व्यहोर्दै आएको छ । 

Dabur Nepal
NIC Asia

“नेपालमा सबैभन्दा ठूलो जनधनको क्षति भूकम्पले गरेको छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाह्रखरीसँग भने, “मानवीय क्षति गर्ने प्रमुख कारक घरहरु हुन् ।” 

बितेको साढे १२ वर्षको अवधिमा ९ हजार जनाभन्दा बढीको मृत्यु भूकम्पका कारण संरचना भत्किँदा भएको छ । घरहरु भत्किँदा किचिएर धेरैले ज्यान गुमाएका छन् ।  २०७२ साल वैशाख १२ गते आएको ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्पका कारण ८ हजार ९६२ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०२ जना घाइते भएका थिए । 

यही कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर आएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १५४ जनाले ज्यान गुमाएका छन् । उक्त भूकम्कका कारण ३६६ जना घाइेत घएका थिए । 

“नेपालको ग्रामिण क्षेत्रमा अधिकांश घर ढुंगा र माटोले बनेका छन्, जुन घरहरुले भूकम्पको कम्पन धान्न सकेका छैन । यी घरहरु नै विपद् जोखिम कम गर्नको लागि नेपालको प्रमुख चुनौती हुन्,” कार्यकारी प्रमुख पोखरेलले भने ।

घरहरु धेरै वर्ष पुराना छन् । घरहरु बनाउँदा पनि भूकम्पको जोखिमलाई ध्यान दिइएको छैन । घर निर्माणमा खोलामा पाइने गोलो ढुंगा र माटोको प्रयोग बढी गरिएको छ । खासमा गोलो ढुंगा प्रयोग गर्नु राम्रो नभएको विज्ञको टिप्पणी छ । जोखिम कम गर्ने मामदण्डअनुसार पनि घर निर्माण गरिएको छैन । 

यसैकारण घरहरु कमजोर बनेको र मध्यम खालको भूकम्पले पनि ठूलो क्षति गर्ने गरेको भनाई कार्यकारी प्रमुख पोखरेलको छ । 

“डल्लो ढुंगा र माटोले बनेका घर ढलेका छन् । यसको अर्थ ढुंगा र माटोले बनेका घर सबै ढल्छन् भन्ने होइन । मापदण्ड पूरा गरी ढुंगा र माटोले बनाएका घरले पनि ठूलो भूकम्प थेग्न सक्छन्,” उनले भने । 

पछिल्लो साढे १२ वर्षमा नेपालमा कूल ३७ हजार २२० वटा प्रकोपका घटना रेकर्ड भएका छन् । ती घटनामा ३६ हजार ७८७ जना घाइते भएका छन् ।  राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार उक्त अवधिमा विपद्का घटनाले नेपालका १२ लाख ३९ हजार ७४८ निजी घरमा क्षति गरेको छ । 

विपद्का घटनाले ३ लाख ९८ हजार २२१ घरमा आंशिक क्षति गरेको छ  भने ८ लाख ४१ हजार ५२७ घरमा पूर्ण क्षति गरेको छ । केन्द्रको तथ्याङ्कले नेपालमा विपद्का घटनाबाट आंशिक क्षति हुने घरभन्दा पूर्ण क्षति हुने घरको संख्या दुई गुनाभन्दा बढी देखाउँछ ।

नेपालमा भूकम्पलेपछि सबैभन्दा ठूलो मानवीय क्षति बाढी, पहिरो, आगलागी र चट्याङ्ले गर्ने गरेको छ । केन्द्रको तथ्याङ्कअनुसार बितेको साढे १२ वर्षमा पहिरोका घटनामा परी नेपालमा १ हजार ५३० जनाको मृत्यु भएको छ भने ३५६ जना बेपत्ता छन् । पहिरोका घटामा परी १ हजार २८० जना घाइते भएका छन् ।

पहिरोले उक्त अवधिमा १ अर्ब ८९ करोड भन्दा बढीको आर्थिक क्षति गरेको छ । सोही अवधिमा नेपालमा चट्याङ लागेर १ हजार १७८ जनाको मृत्यु र ३ हजार २८७ जना घाइते भएका छन् ।  आगलागीका घटनामा ९५४ जनाको मृत्यु भएको छ भने ३ हजार १२१ जना घाइते भएका छन् । 

आगलागीले साढे १२ वर्षमा नेपालमा २५ अर्ब ९८ करोड ४१ लाख १४ हजारभन्दा बढीको आर्थिक क्षति गरेको छ । बाढीका घटनाले उक्त अवधिमा ९३७ जना नेपालीको ज्यान लिएको छ ।  बाढीका घटनामा परी ६१६ जना बेपत्ता छन् भने २१८ जना घाइते भएका छन् । बाढीले १७ अर्बभन्दा बढीको व्यक्तिको निजी सम्पत्ति क्षति गरेको छ । 

विपद्का घटनामा परी पछिल्लो साढे १२ वर्षमा नेपालमा १ हजार २७३ जना बेपत्ता भएका छन् । 

“यदि आगामी दिनमा विपद्का घटनाबाट हुने जोखिम कम गर्ने हो भने सबैभन्द पहिला विपद्का दृष्टिले कमजोर घरहरुको प्रवलीकरण गर्ने काम गुर्नपर्छ । यस्ता घरहरुको संख्या लाखौं छ नेपालमा । एउटा घर प्रवलीकरण गर्न एक–डेढ लाख रुपैयाँ मात्र लागे पनि खर्बौं रुपैयाँ आवश्यक पर्छ । यो रकम कसरी जुटाउने यो नै नेपालको लागि ठूलो चुनौती हो,” कार्यकारी प्रमुख पोखरेल भन्छन् । 

अब बन्ने घर सबै भवन निर्माण आचार संहिताको पालना गरी बनाउनुपर्ने उनी बताउँछन् । आचार संहिता सहरी क्षेत्रमा मात्र होइन गाउँ गाउँमा पुर्‍याउनु पर्ने उनको धारणा छ । 

“गाउँ गाउँमा गएर भवन आचार संहिता बुझाउनु पर्छ । भूकम्प प्रतिरोधात्मक घर बनाउँदा अपनाउनु पर्ने मापदण्ड बारे जानकारी गराउने मात्र होइन पालना समेत गर्न लगाउनु पर्छ । अनि मात्र विपद्का घटनाले गर्ने जोखिम कम हुँदै जान्छ,” कार्यकारी प्रमुख पोखरेलले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu