site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
'दिमाग खराब'को प्रदर्शन मंगलबारसम्म नरोक्ने निर्णय
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र 'दिमाग खराब'को प्रदर्शनलाई कम्तीमा आगामी मंगलबारसम्म निरन्तरता दिइने भएको छ । चलचित्रका निर्माता र नेपाल चलचित्र संघको कार्य समितिबीच आज भएको छलफल सकारात्मक भएकाले प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको जनाइएको छ ।

संघका महासचिव नरेन्द्र महर्जनले निर्माण पक्षसँगको वार्ता सकारात्मक रहेको जानकारी दिएका छन् ।

Agni Group

"आज मिति २०८० साल कार्तिक ३० गते बिहीबारका दिन नेपाली चलचित्र 'दिमाग खराब'का निर्माताहरू र नेपाल चलचित्र संघको कार्य समितिबीचको छलफल सकारात्मक भएकाले आगामी मंसिर ५ गते मंगलबारका दिन पनि बाँकी अन्य बुँदाहरूमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति अनुसार पूर्ववत् रूपमा चलचित्र 'दिमाग खराब'को प्रदर्शन मंगलबारसम्म गर्ने निर्णय गरियो," महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विभिन्न दुईवटा माग राखेर दिमाग खराबको टिमले बुधबार चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको थियो । उनीहरूले दिनप्रतिदिन दर्शकहरू बढिरहँदा पनि हलहरूले शो नदिएको गुनासो गरेका थिए । अर्कोतिर चलचित्र निर्माता र हल सञ्चालकबीच हुने सेयर बाँडफाँटलाई लिएर पनि आफ्नो माग अघि सारेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu