site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरजुलाई पनि छैन चुनावमा सजिलो
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अपराजित चुनावी यात्रा यथावत् रहन्छ कि यसपटक टुंगिन्छ भन्ने चासो बढ्दै गर्दा कैलाली–५ बारे पनि धेरैको चासो छ । स्थानीय नेता–कार्यकर्ताको असन्तुष्टिका बीच सभापति देउवाले श्रीमती आरजु राणा देउवालाई चुनावमा उठाएपछि कैलाली–५ प्रति कौतूहल बढेको हो । 

आरजु आशन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि कैलाली–५ मा कम्युनिष्ट गठबन्धनका उमेदवार नारदमुनी रानासँग प्रतिस्पर्धा गरिरहेकी छन् । अहिले ५ नम्बर क्षेत्रमा परिणत भएको तत्कालिन क्षेत्र नम्बर ६ बाट सभापति देउवाले दोस्रो संविधानसभा निर्वाचन जितेका थिए । धनगढी उपमहानगरपालिका र कैलाली गाउँपालिकाको वडानम्बर ६ र ९ समेटेर अहिले क्षेत्र नम्बर ५ बनाइएको छ । 

स्थानीय तह निर्वाचनको परिणामअनुसार कैलाली–५ मा कम्युनिष्ट गठबन्धन कांग्रेसभन्दा ६ हजार बढी मतले अगाडि छ । स्थानीय तह निर्वाचनमा पाएको मतअनुसार कैलाली–५ मा पर्ने धनगढी उपमहानगरपालिकामा कम्युनिष्ट गठबन्धनले २३ हजार ५७१ मत ल्याएको छ भने कांग्रेसले १६ हजार ४३८ मत पाएको छ । कांग्रेसमा विलय भएको नेपाल लोकतान्त्रिक फोरमले धनगढीमा १३ सय ८३ मत प्राप्त गरेको थियो । जसअुनसार उपमहानगरपालिकामा मात्रै कम्युनिष्ट गठबन्धन कांग्रेसभन्दा ५ हजार ७२६ मतले अग्रस्थानमा रहेको छ । 

KFC Island Ad
NIC Asia

क्षेत्र नम्बर ५ मा पर्ने कैलारी गाउँपालिकाका ६ र ९ नम्बर वडामा कम्युनिष्ट गठबन्धनको १७ सय २३ र कांग्रेस (तत्कालिन लोकतान्त्रिक फोरमसहित) को १३ सय ६५ मत छ । दोस्रो तहको स्थानीय तह निर्वाचनको परिणाम हेर्दा कांग्रेस सभापति देउवा पत्नी आरजु सामु आगामी निर्वाचन सहज देखिँदैन । 

तर, कांग्रेस कैलाली भने देउवा पत्नी आरजुसहित प्रदेश सभाका उमेदवारद्वय डिल्लीराज पन्त र जीवन रानाले चुनाव जित्नेमा ढुक्क देखिन्छ । ‘‘अवको प्रतिनिधिसभा र प्रदेशसभाका दुवै सिट जित्नेमा कांग्रेस निश्चिन्त छ,’’ कांग्रेसको प्रचार–प्रसारमा सक्रिय पूर्व सांसद प्यारेलाल रानाले बाह्रखरीसँग भने, ‘‘स्थानीय तहको चुनावमा टिकट वितरणले कार्यकर्तामा व्यापक असन्तुष्टि भएकाले हामी कमजोर देखिएका हौं ।’’

Royal Enfield Island Ad

उनी स्थानीय निर्वाचनमा स्वतन्त्रतर्फका उमेदवारलाई सघाएका कांग्रेस कार्यकर्ताले अवको चुनावमा कांग्रेसकै उमेदवारलाई मतदान गर्नेमा ढुक्क देखिए । ‘‘त्यो बेला मेयरदेखि वडाध्यक्षसम्मको टिकट वितरणबाट असन्तुष्टहरु अहिले पार्टीको चुनावी कार्यक्रममा निरन्तर उपस्थित भएर प्रचारप्रसारमा हिँडेका छन्,’’ उनले भने, ‘‘त्यो भोटले हामीलाई चुनाव जित्न सहज बनाउँछ ।’’ 

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवार गोपाल हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए । कांग्रेसले धनगढीको मेयरमा नृप ओडलाई टिकट दिएपछि कांग्रेसका असन्तुष्ट नेता–कार्यकर्ताहरु खुलेरै हमालको पक्षमा प्रचारमा हिँडेका थिए । व्यापारी पृष्ठभूमिका हमालले केही महिनाअघि विवेकशील साझा पार्टीमा प्रवेश गरेपछि उनलाई स्वतन्त्र उमेदवारको हैसियतमा मतदान गरेका अधिकांश मतदाताहरु रुष्ट भएका छन् । 

आशन्न निर्वाचनमा हमाललाई स्थानीय निर्वाचनमा सघाएका आधाभन्दा थोरै मतदाताले मात्रै विवेकशील साझा पार्टीलाई मतदान गर्नेमा भने कांग्रेस र कम्युनिष्ट गठबन्धन दुबै एकमत देखिएका छन् । कम्युनिष्ट गठबन्धनका उमेदवार नारदमुनी रानाले स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवारलाई मतदान गरेका मतदातामध्ये ५० प्रतिशतले आफुलार्ई सघाउने दावी गरे । ‘‘त्यतिबेला स्वतन्त्रमा भोट हालेका अधिकांश मतदाता हमालजीदेखि रुष्ट छन्,’’ उनले भने, ‘‘तीमध्ये ५० प्रतिशतले बाम गठबन्धनलाई भोट हाल्छन् । बाँकीका आधाले विवेकशीललाई र आधाले कांग्रेसलाई सघाउँछन् ।’’ 

स्थानीय तह निर्वाचनमा आएको परिणाम, कम्युनिष्ट गठबन्धन, पार्टीको तल्लो तहसम्म संगठन विस्तार र आफू स्थानीय भएको नाताले चुनाव जित्नेमा ढुक्क देखिएका एमाले नेता रानाले कम्युनिष्ट गठबन्धनले घोषणापत्रमा उठाएका मुद्दालाई टेकेर चुनावी अभियानमा जुटेको बताए । उनले प्रधानमन्त्री पत्नीसँग चुनावमा प्रतिष्पर्धा गर्न कुनै असहज नै महशुस नभएको प्रतिक्रिया दिँदै भने, ‘‘म स्थानीय मान्छे भएकाले मलाई यहाँका मतदाताले माया गर्नुहुन्छ । जनता अब बारम्बार ठगिनु हुन्न भन्नेमा सचेत भइसकेका छन् ।’’ 

दोस्रो संविधानसभा निर्वाचन जित्नुअघि कांग्रेस सभापति देउवाले त्यस क्षेत्रका जनतासँग गरेका बाचा पूरा नगरेकाले मतदाता कांग्रेससँग रुष्ट रहेको एमाले नेता रानाको भनाइ छ । ‘‘चुनावअघि देउवाले बरु डडेल्धुरा छोड्छु, कैलाली छोड्दिन, मलाई जिताउनुस् भन्नुभयो,’’ उनले थपे, ‘‘तर पछि कैलाली त छाडे छाडे, चुनावअघिका सबै बाचाहरु भुले । राना थारुलाई आदिवासी जनजातिमा सूचीकृत गर्छु भनेर बाँडेको सपनामा त झन् सिन्कोसम्म भाँचेनन् ।’’ क्षेत्र नम्बर ५ मा रहेका राना समुदायको बस्तीका कारण पनि कम्युनिष्ट गठबन्धनलाई चुनाव जित्न सहज हुने उनले दावी गरे । 

तर, राना समुदायबाटै कांग्रेसको राजनीति गर्ने पूर्वसांसद प्यारेलाल रानाले कम्युनिष्ट गठबन्धनका उमेदवार रानाको दावी झुठो सावित हुने जिकिर गरे । ‘‘जनता शिक्षित भइसकेका छन् । मतदाताले एमालेको खोक्रो राष्ट्रवाद र झुठा आश्वासन राम्रोसँग बुझेका छन्,’’ उनले भने, ‘‘हामीले पनि राना समुदायबाटै प्रदेशसभामा उमेदवार उठाएका छौं । कसैले भन्दैमा पूरै समुदायले एउटै मान्छेलाई मतदान गर्छ भन्नेमा विश्वस्त हुनुहुँदैन ।’’

उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारलाई सघाएका अधिकांश मतदाताले आशन्न निर्वाचनमा गर्ने सहयोग र तत्कालिन अवस्थामा रुष्ट कांग्रेस कार्यकर्ताको कांग्रेसप्रतिको मायाले प्रतिनिधिसभा र प्रदेश सभामा कांग्रेसले नै चुनाव जित्ने दावी गरे । ‘‘क्षेत्र नम्बर ३ मात्रै होइन की हामी कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा चुनाव जित्छौं,’’ उनले भने । 
 

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०७४  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro