site stats
बाह्रखरी :: Baahrakhari
देश
लागुऔषध बेच्ने एक युवा पक्राउ, दुई वर्षअघि तोकिएको थियो पाँच वर्ष कैद

काठमाडौं । झापामा प्रतिबन्धित लागुऔषध बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं. १ का ३० वर्षीय विपिन चेम्जोङ रहेका छन् ।

प्रहरीले गएको असोज ८ गते शिवसताक्षी नगरपालिका वडा नं. ११ दुधे बजारको एउटा बस काउन्टरबाट चामलको बोराभित्र लुकाएर राखिएको ९ ग्राम ७७० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित केहीलाई पक्राउ गरेको थियो । उनीहरूकै बयानका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

उनलाई आज दिउँसो इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका वडा नं. ४ शान्तिपुरबाट पक्राउ गरेको हो ।

चेम्जोङविरुद्ध दुई वर्षअघि मात्र पाँच वर्ष कैद र जरिवाना तोकिएको खुलेको छ ।

उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा २०७८ असार २७ गते लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएर पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्