विदेश
काठमाडौं । तिहारको समयमा दिल्लीमा वायु प्रदूषण फेरि बढेको छ । दिल्ली सरकारले कडा प्रतिवन्ध लगाए पनि दिपावली पर्व मनाउन पटाका पड्काउनेलगायत गतिविधिले पनि दिल्लीमा वायु प्रदूषण फेरि बढेको हो ।
दिल्ली वरपरका क्षेत्रहरूले पनि खतरनाक वायु प्रदूषण स्तर रिपोर्ट गरेका छन् । दिल्लीबाट करिव १५० माइल टाढा रहेको विश्वका सात आश्चर्य मध्येको एक ताजमहल धुवाँको बाक्लो तहले घेरिएको देखिएको छ ।
दिपावली पर्वको केही दिन अगाडि दिल्ली सरकारले वायु प्रदूषणलाई नियन्त्रणमा राख्न राष्ट्रिय राजधानीमा पटाका बिक्रीमा प्रतिवन्ध लगाएको थियो । दिल्ली प्रदूषण नियन्त्रण बोर्डले सहरमा पटाकाहरू पड्काएपछि प्रदूषण स्तरमा बढेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८० ११:००
प्रतिक्रिया दिनुहोस्