site stats
बाह्रखरी :: Baahrakhari
देश
सेनाका पूर्वउपरथीसहित जुवा खेलिरहेका आठजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । ललितपुरमा जुवा खेलिरहेका नेपाली सेनाका पूर्वउपरथी तथा व्यापारीसहित आठजना पक्राउ परेका छन् ।

हात्तीवनस्थित क्लासिक टावरको ए ब्लकको छैटौँ तलामा जुवा खेलिरहेका उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो ।

ललितपुर प्रहरीका अनुसार उनीहरूको साथबाट १७ लाख रुपैयाँ बरामद गरिएको छ । प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २१:५०
प्रतिक्रिया दिनुहोस्