site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लक्ष्मीपूजाको दिन गतवर्षभन्दा बढी विद्युत् माग

काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् माग एक हजार ४३८ मेगावाट अभिलेख गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे माग गत वर्षको तुलनामा १३३ मेगावाटले बढेको जनाएको छ ।

गतवर्षको कात्तिक ७ गते परेको लक्ष्मीपूजाका दिनको विद्युत् माग एक हजार ३०५ मेगावाट थियो । तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले यो अभिलेख औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले उच्च माग एक हजार ३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो ।

Dabur Nepal
NIC Asia

लक्ष्मीपूजाको दिनको माग देशभित्रैका विद्युत् गृहबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् उच्च माग भएको समयमा भारततर्फ निर्यात गरिएको छ ।

गतवर्ष लक्ष्मीपूजाको उच्च माग भएको समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग एक हजार ९५५ मेगावाट अभिलेख गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा गएका थिए ।

कार्यकारी निर्देशक घिसिङले सात वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए । उनले गतवर्षभन्दा लक्ष्मीपूजाको दिन उच्च माग १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro