site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार

काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी मिठो खानेकुरा खान दिएर मनाइएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मिठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार प्राडा देवमणि भट्टराईले जानकारी दिए । 

तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्याप श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शनिबारदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन शनिबार सन्देशवाहकका रुपमा काग तिहार र धन्वन्तरी जयन्ती मनाइएको थियो । आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो । त्यसै साँझदेखि यम दीपदान पनि सुरु भएको छ ।       

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ । भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १०:५१ बजे उत्तम रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro