site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भियतनाममा लागु पदार्थ तस्कर १८ जनालाई मृत्युदण्डको सजाय
प्रतीकात्मक तस्बिर।

हनोई । भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको फैसला भएको सरकारी मिडियाले बताएको छ ।

साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानुनहरू छन् । र, यसको कार्यान्वयन अत्यन्त गोप्य तरिकाले हुन्छ । सरकारी मिडियाअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ सियोन–होकलाई चार दिनसम्मको सुनुवाइपछि मृत्युदण्डको फैसला सुनाइएको हो ।

Dabur Nepal
NIC Asia

५८ वर्षीय चिनियाँ नागरिक ली तियान र कथित भियतनामी नेता ३६ वर्षीय ले हो वुलाई पनि मृत्युदण्डको सजाय दिइएको छ । हो चि मिन्ह सिटी पिपुल्स कोर्टअन्तर्गतको पारिवारिक तथा किशोर अदालतमा सुनुवाइपछि उक्त मामिलाका अन्य १४ जनालाई पनि मृत्युदण्डको सजाय दिइएको थियो ।

उक्त समूहले सन् २०२० को मे र जुनको बीचमा ‘अवैधरूपमा २१६ किलोग्रामभन्दा बढी लागु पदार्थको भण्डार, तस्करी र कारोबार’ गरेको सरकारी समाचार साइट काङ एन न्हान डानले बताएको छ । समाचारमा १६८ किलोग्रामभन्दा बढी ‘सबै प्रकारका लागु पदार्थ’ बरामद गरिएको उल्लेख छ ।

वुका अनुसार लागु पदार्थको तस्करी कम्बोडियाबाट हो चि मिन्ह सिटीसम्म गरिएको थियो । उक्त सहरमा केही घरेलु प्रयोग गरिएको थियो भने अरु दक्षिण कोरिया लगिएको थियो । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro