बाह्रखरी फोटो
-1699771912.jpg)
काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज बिहान कुकुरपूजा गरिएको छ । यस दिन कुकुरलाई टीका र माला लगाइदिएर मिठा खानेकुरा खान दिने गरिन्छ ।
यसै अवसरमा नेपाल प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रमा पनि कुकुरतिहार मनाइएको छ । अपराध अनुसन्धानसहित विभिन्न कार्यमा प्रयोग गरिने कुकुरहरूको पूजा गरिएको हो । तालिमप्राप्त कुकुरहरूको कौशल पनि प्रदर्शन गरिएको थियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८० १२:४०
प्रतिक्रिया दिनुहोस्