site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारले स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गर्‍यो : रवि लामिछाने
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)का सभापति रवि लामिछानेले सरकारले झुक्याएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भए पनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट नयाँ धन्दा सुरु गरिएको आरोप लगाए । जनतालाई झुक्काउने काममा सरकार निरन्तर लागेको उनको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

देशको मुहार उज्यालो पार्न आफूहरू आएको भन्दै उनले गलत काम गर्नेसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

बारुदबाट यसअघि परिवर्तनको प्रयास गरिएको उनले उल्लेख गरे । अब रास्वपाले फूलको सुगन्धबाट मुलुकको परिवर्तन गर्ने उनले बताए ।

Global Ime bank

उनले नेपाल संवत्लाई पार्टीको आन्तरिक माइन्युटमा लेख्ने प्रस्ताव आउँदो बैठकमा लिएर जाने घोषणा समेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement