site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन भएर फर्कने आशा

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा आफूहरूले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेकी छन् । नेपाली टोलीले यही कात्तिक २९ गतेदेखि हङकङमा चार देश सम्मिलित महिला ट्वान्टी–२० शृंखला खेल्दै छ ।

त्यसका निम्ति टोलीले त्रिवि क्रिकेट मैदानमा छोटो तयारी गरेको थियो । टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दै छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई बिदाइ गर्‍यो ।

सो अवसरमा सञ्चारकर्मीसित नवनियुक्त कप्तान इन्दुले आफ्ना निम्ति समेत अवसरका रूपमा रहेको शृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेकी हुन् ।

११ वर्षयता नेपालको कप्तानी समाल्दै आएकी रुविना क्षेत्रीलाई हटाउँदै क्यानले यसै साता इन्दुलाई नेतृत्वको जिम्मेवारी दिएको हो । इन्दुका निम्ति यो शृंखला पहिलो परीक्षा समेत हुनेछ ।

यसलाई चुनौतीका रूपमा लिएको इन्दुले बताइन् । पछिल्लो समय कमजोर पक्षमा ध्यान दिएको उनले उल्लेख गरिन् । विशेष गरी फिल्डिङ र फिटनेसमा काम गरिएको उनको भनाइ छ ।

अन्तिम समयमा मात्र नेपालका प्रशिक्षक नियुक्त गरिएको थियो । क्यानका सचिव पारस खड्कानिकट मानिएका झापाका मनोज कटुवालले महिला क्रिकेट टोली प्रशिक्षणको जिम्मेवारी पाएका हुन् ।

नवनियुक्त प्रशिक्षक कटवालले पनि ६/७ दिनको तयारीबाट चुनौती धेरै भए पनि च्याम्पियन भएर फर्कने आशा व्यक्त गरे ।

शनिबार क्यानले मूलपानीस्थित मुख्यालयमा कार्यक्रम गरी टोलीको बिदाइ गरिएको हो । सचिव खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदीप शर्माले बिदाइ गरेका थिए ।

सचिव खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिए । पुरुष टोलीले झैँ सानदार प्रदर्शन गरेर च्याम्पियन हुनुपर्ने उनको भनाइ थियो ।

क्यानले उपकप्तानको जिम्मेवारी विन्दु रावललाई दिएको छ । नेपाली टोलीमा पूर्वकप्तान रुविना क्षेत्री, सीता रानामगर, खुसी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुबी पोदार परेका छन् ।

शृंखला कात्तिक २९ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ । शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा आयोजना गरिएको छ ।

शीर्ष दुई टोली उपाधिका निम्ति भिड्नेछन् । पुछारका दुई टोलीले तेस्रो स्थान पाउन प्रतिस्पर्धा गर्नेछन् ।

शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्नेछ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुनेछ । नेपालले कात्तिक ३० गते आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ । तान्जेनिया र जापान नेपालसामु नयाँ प्रतिद्वन्द्वी हुन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro