site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ स्टक एक्सचेन्जबारे स्वर्णिम वाग्लेको फरक मतमा के छ ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स तत्काल दिन नहुने बताएका छन् ।

शुक्रबारको अर्थ समितिको बैठकमा उनले नयाँ स्टक एक्सचेन्ज स्थापनाको प्रक्रिया अगाडि बढाउने विषयमा सिद्धान्ततः असहमति नभए पनि थप छलफलको आवश्यक रहेको तर्क राखेका हुन् ।

अरू सांसदले कानुन अनुसार नयाँ स्टकको प्रक्रिया अगाडि बढाउन निर्देशन दिने विषयमा सहमति जनाएका छन् । तर, डा. वाग्लेले 'नोट अफ डिसेन्ट' लेखेका छन् ।

के छ वाग्लेको फरक मतमा ?

विधि पुर्‍याएर आर्थिक सुशासनका आधारभूत सिद्धान्तप्रति कटिबद्ध भएर विशुद्ध प्रतिस्पर्धाको कोणबाट दोस्रो स्टक एक्सचेन्ज स्थापनाको प्रक्रिया छिट्टै अगाडि बढाउन सिद्धान्ततः मेरो असहमति नभए पनि अर्थ समितिको २०८०/०२/२९ को निर्णयप्रति न्याय नहुने, आवश्यक सहजीकरण गरिदिन नेपाल धितोपत्र बोर्डले २०८०/०७/१६ मा पठाएको पत्र समितिमा अग्रिम पेस नगरी छलफल नगराई, हतार हतार २०८० को दीपावली सुरु हुनु अधि साँझको सात बजे खोटपूर्ण नियतका साथ संगठित तवरले हठात् निर्णय गरेको देखिने भएको र चाडपर्व पछि सार्थक छलफल गरी निर्णय लिँदा अर्थ समिति सन्देहको घेराबाट बाहिर हुने महसुस गरेकोले निर्णय २ प्रति मेरो फरक मत दर्ज गरेको छु ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro