site stats
बाह्रखरी :: Baahrakhari
देश
कतार पठाइदिन्छु भन्दै एक लाख ८६ हजार रूपैयाँ ठगी गर्ने पक्राउ
सांकेतिक तस्बिर।

काठमाडौं । कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौंको मनमैजु बस्ने मोरङको पथरी शनिश्चरे नगरपालिका–७ का ३३ वर्षीय भीमबहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

तामाङले एक महिलालाई वैदेशिक रोजगारका लागि कतार पठाई पार्लरमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए । पटकपटक गरी एक लाख ८६ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

Argakhachi Cement Island Ad

ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको जनाइएको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्