अर्थ व्यवसाय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स तत्काल दिन नहुने बताएका छन् ।
शुक्रबारको अर्थ समितिको बैठकमा उनले नयाँ स्टक एक्सचेन्ज २०६६ सालदेखिको विषय भएकाले यसमा अहिले नै प्रक्रिया अगाडि बढाउन नहुने बताएका हुन् ।
अरू सांसदले कानुन अनुसार नयाँ स्टकको प्रक्रिया अगाडि बढाउन निर्देशन दिने विषयमा सहमति जनाएका छन् । तर, डा. वाग्लेले 'नोट अफ डिसेन्ट' लेखेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८० १९:२६
प्रतिक्रिया दिनुहोस्