site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘मैदानमा जादु गर्न सक्ने निक्कै कम खेलाडी छन्, तर मेसीजस्ता कोही छैनन्’

काठमाडौं । फ्रान्सका लेजेन्ड जिनेदिन जिदानले विश्व फुटबलमा अर्जेन्टिनी फरवार्ड लियोनल मेसीजस्तो कुनै पनि खेलाडी नभएको बताएका छन् ।

चर्चित स्पोर्ट्स वेयर कम्पनी एडिडासले फ्रान्सका विश्वकप विजेता जिदान र मेसीसँगको भिडियो सार्वजनिक गरेको छ । जसमा यी दुई विश्वकप विजेताले एक–अर्काको प्रशंसा गरेका छन् । 

“मेसीको प्रशंसाका लागि एकमात्र शब्द छ, ‘जादु’ । म र मेसी सँधै एकसाथ हुँदैनौँ । त्यसकारण आज मेरो लागि विशेष दिन हो । किनकी आज म उसको कति प्रशंसा गर्छु भन्ने बताउन सक्छु । फुटबल बुझ्ने र केही फरक रूपमा फुटबल खेल्नेहरूका लागि मेसीको प्रदर्शन शुद्ध जादु हो,” जिदानले भने, “जादुको अर्थ उसलाई बल आफूमा आइपुग्नुअघि नै अब के गर्नुपर्छ भन्ने थाहा हुन्छ । र, एक फुटबल बुझ्ने खेलाडीका रूपमा मलाई मैदानमा मेसीले अब के गर्छन् भन्ने थाहा हुन्छ । मेसीले मैदानमा गरेका कुराहरू हेर्दा मसँग कुनै शब्द नै हुँदैनन् । र, समर्थकहरू पनि फुटबलमा यही हेर्न चाहन्छन् । यसरी मैदानमा जादु गर्न सक्ने निक्कै कम खेलाडी छन्, तर मेसीजस्ता कोही छैनन् । त्यहाँ मेसीमात्र छन् ।”

एडिडासको यो भिडियोमा अर्जेन्टिनी फरवार्ड मेसीले पनि जिदानको तारिफमा शब्द खर्चिएका छन् ।

“म उनको धेरै प्रशंसा गर्छु । तर, हामी एकसाथ खेल्न पाउने भाग्यमानी बन्न सकेनौँ । तर, हामीले एकअर्काविरुद्ध खेल्न पायौं । उनले के गरे र अझै गर्दैछन् भन्ने कुरामा मेरो सँधै सम्मान छ,” जिदानबारे मेसीले भने, “मेरो लागि उनी सर्वकालीन महान् खेलाडीमध्येका एक हुन् । मड्रिडमा हुँदा मैले उनको पथलाई पछ्याए पनि । फरक, सुरुचीपूर्ण, अग्लो, जादू उनीसँग सबै थियो ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro