site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चीनलाई घेरा हाल्न नेपाली भूमि प्रयोग गर्ने कार्यलाई स्वीकार गर्दैनौँ : माधव नेपाल 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले छिमेकी देश चीनलाई घेरा हाल्न नेपालको भूमि प्रयोग गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । 

चीनमा आयोजित दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका राजनीतिक दलको संवाद कार्यक्रममा चीन विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध रहेको बताएका हुन् । 

Dabur Nepal
NIC Asia

“नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको गहिरो एवम् इतिहास र संस्कृतिद्वारा बाधिएको छ । एउटा छिमेकी देशका रूपमा हामीले भौगोलिक निकटता मात्र होइन आपसी सहयोग र विकास प्रवर्द्धनको प्रतिबद्धतालाई पनि साझा बनाएका छौँ । हाम्रो मित्रता सम्मान, विश्वास र एक अर्कोलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित छ । यो हार्दिक, घनिष्ट र समस्यारहित रहेको छ । समयको क्रमसँगै नेपाल र चीनको सम्बन्ध व्यापार, पूर्वाधार विकास, साँस्कृतिक आदान प्रदान र जनसम्बन्धका विविध क्षेत्रमा विस्तारित छन्,” नेपालले भनेका छन्, “यस क्षेत्रमा शान्ति र समृद्धि हासिल गर्ने लक्ष्य भएको हाम्रो दिगो सम्बन्धलाई कूटनीतिक सम्बन्धले थप बलियो बनाएको छ भने यो मित्रता भौगोलिक सीमारेखा र साँस्कृतिक भिन्नताभन्दा माथि उठेको छ । हामी दुवै एक अर्काको चासो र चिन्ता प्रति सचेत छौँ । नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा एवम् नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध छ ।” 

साथै हङकङ, ताइवान लगायतका विषयमा चीन सरकारसँगै रहेको बताएका छन् । नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भूराजनीतिक रूपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि काम स्वीकार नगरिने बताए । 

“हङकङ, ताइवान लगायतका विषयमा हामी चीन सरकारसँगै रहेका छौँ । पछिल्लो समयमा समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम् कमजोर बनाउने कतिपय क्रियाकलापप्रति हामी सचेत छौँ । नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भूराजनीतिक रूपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई हामीले स्वीकार गर्न सक्दैनौँ,” नेपालले भनेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro