site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्यमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारले निःशुल्क रगतको व्यवस्था गर्ने तयारी गरिरहेकोे बताएका छन् । 

नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले संघीय र प्रादेशिक सरकारबाट रगत निःशुल्क गर्न प्रयास गरिरहेको बताएका हुन् । 

उनले अब नेपालमा पहिला जस्तो उपचार गर्न नपाएर कसैले पनि ज्यान गुमाउन नपर्ने जिकिर गरे । 

“स्वास्थ्य क्षेत्रमा बजेट कम भएपनि कोही बिरामी गरिब विपन्न भएका कारण उपचार गर्नबाट बञ्चित हुन नपर्ने गरी मन्त्रालयले उचित व्यवस्था गरेको छ,” स्वास्थ्यमन्त्री बस्नेतले भने ।  

उनले स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै मौलिक हकमा उल्लेख स्वास्थ्यसम्बन्धी अधिकारबाट कसैलाई पनि बञ्चित हुन नदिने धारणा राखे । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro