देश
काठमाडौं । सर्लाहीमा कम्मरमा लुकाएर ल्याएको करिब एक किलो ९५० ग्राम चाँदीलगायत सामानसहित एकजना पक्राउ परेका छन् ।
भारतको सीतामढीका १९ वर्षीय लभ दासलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई मलंगवा नगरपालिका–८, लचकाबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले तलासी गर्दा उक्त सामानसहित फेला पारी पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८० १६:२२
प्रतिक्रिया दिनुहोस्