site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जलविद्युत्मा लगानी गर्न अर्थमन्त्रीको आग्रह
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियाली देशका बैंकका सीईओहरूलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ३९औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एन्ड कन्फरेन्समा उनले यस्तो बताएका हुन् ।

नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको उनले सुनाए ।

उनले सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने बताए । भारतले यसअघि नेपालबाट १० वर्षमा १० हजार मेगावाट जलविद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरे ।

जलविद्युत् क्षेत्रमा लगानी गर्नेको सुरक्षामा सरकार प्रतिबद्ध रहेको उनले बताए । उनले विश्व बैंक र एडीबीले पनि नेपालका ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको जानकारी गराए ।

पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको उनले बताए । सरकारले विद्युत् उत्पादन, साना उद्योग र कृषिलाई प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिरहेको उनको भनाइ छ ।

उनले आमजनतालाई समेत प्रत्यक्ष लाभ हुने गरी ‘ग्रीन’ अर्थतन्त्रको विकासमा जोड दिइएको बताए । बैंक तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउन ठूलो योगदान पुर्‍याएको उनले उल्लेख गरे ।

अर्थमन्त्री डा. महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौती भोगिरहेको पनि बताए । विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी देखिएको भन्दै उनले सरकारले ‘डिजिटल फाइनान्सिङ’मा महत्त्वपूर्ण सहयोग गरिरहेको बताए । डिजिटल बैंकिङसँगै विश्वसनीयता र सुरक्षा महत्त्वपूर्ण रहेकामा उनले जोड दिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro