site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सन् २०२३ रेकर्डमा रहेयताकै तातो वर्ष हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०२३ एक लाख २५ हजार वर्षयताकै सबैभन्दा तातो वर्ष हुनसक्ने युरोपेली संघ (ईयू)का वैज्ञानिकले बताएका छन् । अक्टोबर महिना यो अवधिको सबैभन्दा तातो महिना भएपछि वैज्ञानिकले यस्तो प्रक्षेपण गरेका हुन् ।

यो वर्षको अक्टोबरले सन् २०१९ मा सबैभन्दा तातो बनेको जुलाई महिनाको रेकर्ड समेत तोडेको कोपर्निकस जलवायु परिवर्तन सेवा (सीथ्रीएस)ले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो रेकर्ड ०.४ डिग्री सेल्सियसले तोडिएको हो, जुन ठूलो मार्जिन हो,” सीथ्रीएसकी उपनिर्देशक सामन्था बर्गेसले भनेकी छन् ।

मानिसका विभिन्न गतिविधिले निरन्तर हरितगृह ग्यास उत्सर्जन भइरहेका कारण पृथ्वीको तापमान बढ्दै गएको छ । पूर्वी प्रशान्त महासागरको पानीलाई तातो बनाउने ‘एल निनो’ मौसमीय प्रणालीका कारण पनि यो वर्ष तातो हुने ठानिएको हो ।

Global Ime bank

यसअघिको एल निनो वर्ष सन् २०१६ रेकर्डमा रहेको सबैभन्दा तातो वर्ष बनेको थियो । सीथ्रीएसले सन् २०२३ ले उक्त रेकर्ड तोड्ने लगभग निश्चित भएको बताएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement