site stats
बाह्रखरी :: Baahrakhari
देश
पाटन अस्पताललाई प्रहरीको आग्रह– अनुसन्धान हुँदै छ, स्वास्थ्य सेवा नरोक

काठमाडौं । प्रहरीले स्वास्थ्य उपचारको सेवा नरोक्न पाटन अस्पताललाई आग्रह गरेको छ । मंगलबार साँझ एक विज्ञप्तिमार्फत जिल्ला प्रहरी परिसर ललितपुरले पाटन अस्पताल प्रशासन, चिकित्सक र सरोकारवालालाई अत्यावश्यक स्वास्थ्य उपचारको सेवा नरोक्न आग्रह गरेको हो ।

"अस्पतालजस्तो संवेदनशील अतिआवश्यकीय सार्वजनिक क्षेत्र बन्द हुँदा आम सर्वसाधारणको स्वास्थ्य उपचार प्रभावित भई जटिल परिस्थिति उत्पन्न हुन जाने भएकाले यस परिसरबाट कानुनबमोजिम अनुसन्धान भइरहेको विषयमा अनुसन्धानमा सहयोग गर्दै जिम्मेवारीका साथ अत्यावश्यक सेवा सुचारू गर्न अस्पताल प्रशासन, चिकित्सकहरू र सम्बन्धित सरोकारवाला सबैमा जिल्ला प्रहरी परिसर ललितपुर हार्दिक अपिल गर्दछ," विज्ञप्तिमा भनिएको छ ।

Argakhachi Cement Island Ad

गएको शनिबार पाटन अस्पतालको ज्येष्ठ नागरिक वार्डमा रहेका कृष्णबहादुर नगरकोटी र जनमाया राईको एन्टिबायोटिक दिएको 'पाँच मिनेटभित्र निधन' भएको थियो । त्यसपछि मृतकका आफन्तले चिकित्सकमाथि हातपात गरेका थिए ।

आफूहरूमाथि हातपात गरेको भन्दै चिकित्सकहरू आन्दोलनमा छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  २२:३६
प्रतिक्रिया दिनुहोस्