site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तीन रोगको मुख्य औषधि थियो, त्यहीदिन १३ जनालाई दिइएको थियो !
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाटन अस्पतालमा शनिबार साँझ भएको घटनालाई लिएर यतिखेर सबैमा त्रास उत्पन्न भएको छ । अस्पतालमा उपचारको क्रममा दुईजना ज्येष्ठ नागरिकको एकैपटक मृत्यु भएपछि उनीहरूमा प्रयोग भएको औषधिमाथि आम नागरिकले समेत प्रश्न उठाइरहेका छन् ।

यता घटनापछि आफूहरूमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै दोषीलाई कारबाहीको माग गरी चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । 

के हो घटना ?

Prabhu Bank
Agni Group
NIC Asia

पाटन अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत ओखलढुंगाकी ८६ वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीलाई कार्तिक १८ गते साँझ नियमित औषधि सुईमार्फत दिइयो ।

नगरकोटी कार्तिक १० र राई १६ गते भर्ना भएका थिए । अस्पतालका अनुसार दुवैजनामा निमोनिया भएको थियो । दुवैलाई ड्युटीमा रहेका नर्सले स्टासेफ नामक सेफ्ट्रिक्जोन एन्टिबायोटिक (ब्याच नम्बर एससीआईक्यू ३८८) सुईमार्फत दिएका थिए ।

Global Ime bank

इन्जेक्सन दिएको केहीबेरमा नै दुवै बिरामीलाई शरीर काम्ने, निलो हुने समस्या देखिएको र पाँच मिनेट नहुँदै उनीहरूको मृत्यु भएको बिरामीका आफन्तले बताएका छन् ।

नगरकोटीले आइतबार डिस्चार्ज हुने भएपछि आफैँ उठेर फ्रेस भएको, राम्रोसँग खाना खाएको उनका परिवारका सदस्य बताउँछन् ।

राईलाई भने दम र मुटुको समस्यासमेत रहेको पाटन अस्पतालले जनाएको छ ।

भोलिपल्ट डिस्चार्ज हुने भनिएका बिरामीको अचानक मृत्यु भएपछि औषधिमा गडबडी भएको भन्दै नगरकोटीका आफन्त आक्रोशित भएका थिए ।

सोही क्रममा ड्युटीमा रहेका दुई चिकित्सकमाथि टाउकोमा मुक्का प्रहार भएको र नर्सहरूमाथि पनि गालीगलौज तथा दुर्व्यवहार भएको आन्दोलनरत चिकित्सकहरूले बताएका छन् ।

'सेफ्ट्रिक्जोन तीनवटा रोगको मुख्य औषधि, त्यही दिन १३ जनालाई दिइएको थियो'

मृतकहरूमा प्रयोग गरिएको सेफ्ट्रिक्जोन एन्टिबोयोटिक नगरकोटीलाई सात दिनेदेखि र राईलाई समेत भर्ना भएदेखि नै दिइँदै आएको अस्पतालले जनाएको छ । अस्पतालका फार्मेसी प्रमुख डा. राजकुमार थापा त्यही दिनमात्रै फरक १३ जनामा सो औषधि दिइएको बताउँछन् ।

अन्य बिरामीमा भने कुनै समस्या देखिएको थिएन ।

निमोनियाको उपचारमा मुख्यरूपमा चलाइने यो औषधि टाइफाइड र हाडजोर्नीको संक्रमणमा पनि प्रयोग गरिँदै आएको उनी बताउँछन् । अगस्ट ७, २०२३ मा उत्पादन भएर ६ अगस्ट २०२५ सम्म उपभोग्य मिति रहेको सो औषधि घटनापछि भने अस्पतालले बन्द गरेको छ । बन्द गरिएको औषधि परीक्षणका लागि औषधि व्यवस्था विभागमा पठाइएको छ । 

शनिबारको घटनामा 'कार्डियोजेनिक सक'का कारण बिरामीको मृत्यु भएको हुन सक्ने थापा बताउँछन् । यसले कतिपय बिरामीमा उपचारका क्रममा समेत अचानक मुटुले काम गर्न छोड्ने तथा नसाहरू बन्द हुने समस्या निम्त्याउँछ ।

कतिपय बिरामीमा भने एन्टिबायोटिक औषधि सहने क्षमता नहुने र यसको साइड इफेक्टस्वरूप जटिल समस्या निम्तिने पनि उनी बताउँछन् । यस्तो साइड इफेक्ट तुरुन्त नभइ एन्टिबायोटिक प्रयोगको केही दिन पछि पनि देखिन सक्ने उनको दाबी छ । 

आँखै अगाडि त्यही औषधि दिइएका बिरामी सिकिस्त हुँदा अर्का बिरामीलाई 'कार्डियोजेनिक सक' आएको हुन सक्ने पनि अस्पतालको अनुमान छ ।

यद्यपि नगरकोटीको मृत्युको कारण पत्ता लगाउन परिवारको मागबमोजिम शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो । उनको शव परिवारले बुझिसकेका छन् । मृत्युको कारण पहिचानका लागि थप परीक्षण र अध्ययन भइरहेको अस्पतालका प्रशासन प्रमुख तिर्थ भुजेलले बताए । 

साथै चिकित्सक कुटपिटमा संलग्नविरुद्ध पनि सीसीटीभी फुटेजका आधारमा जाहेरी दिने तयारी भएको उनले बताए ।

दोषीहरूविरुद्ध कारबाहीको माग गर्दै मंगलबार पनि पाटन अस्पतालका आवासीय, फ्याकल्टी चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय