site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्तमान राजनीतिक व्यवस्था जोगाउन एकता र सहकार्यको आवश्यकता छ : अध्यक्ष नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरूका बीचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरूका बीचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताएका हुन् । 

Dabur Nepal
NIC Asia

जनजीविकाको सवालमा पार्टीहरूले देश र जनताको हितलाई सर्वोपरी राखेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तनको आवश्यक नभएको पनि बताए । वर्तमान व्यवस्थामा सुधारको भने खाँचो रहेको औँल्याए ।

"त्यतिखेर हामीले जुन मान्यता अगाडि सारेका थियौँ, त्यो मान्यता अनुरुप अगाडि बढ्यौँ । जनताको सहयोग, समर्थन, अनुमोदन पनि रह्यो । संविधान निर्माण गर्‍यौँ । व्यवस्थालाई परिवर्तन गर्‍यौँ । गणतन्त्र ल्यायौँ," उनले भने, "व्यवस्था परिवर्तनको आवश्यकता छैन । व्यवस्था सुधारको आवश्यकता छ । व्यवस्था र अवस्थाको बारेमा मान्छेहरूको जुन भाष्य छ, त्यो भाष्य उपयुक्त होइन । व्यवस्थामा पनि सुधार गर्नुपर्छ ।"

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro