site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाटन अस्पतालका चिकित्सक आन्दोलनमा : यस्तो छ घटना

काठमाडौं । डिउटीमा रहेका चिकित्सक र नर्समाथि कुटपिट एवं दुर्व्यवहारको घटनालाई लिएर पाटन अस्पतालका चिकित्सक आन्दोलनमा उत्रिएका छन् । फ्याकल्टी, आवासीय, इन्टर्नसहितका चिकित्सक आन्दोलनमा उत्रँदा मंगलबार अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प भएको छ ।

गएको शनिबारको घटनाका दोषीमाथि कारबाहीको माग गर्दै उनीहरूले अस्पताल प्रांगणमा प्रदर्शन गरेका हुन् । “हामीले सेवा प्रभावित गर्न खोजेका होइनौँ, पटक–पटक हामीमाथि आक्रमण र दोषीलाई कारबाही नभएपछि काममा खटिन नसकेर आन्दोलनमा आएका हौँ,” मेडिसिन विभागमा कार्यरत आवासीय चिकित्सक डा. सञ्जय बरालले बाह्रखरीसित भने ।

शनिबार पाटन अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको २० मिनेटको अन्तरालमा मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले डिउटीमा खटिएका चिकित्सकमाथि कुटपिट गरेका थिए ।

patan-hospital2-1699342118.jpg

औषधि दिने क्रममा लापरबाही गरिएको भन्दै आफन्तले दुई आवासीय चिकित्सकको टाउकामा मुक्का प्रहार र धकेलाधकेल गरेको सीसीटीभी फुटेजमा देखिएको छ । सोही क्रममा इन्जेक्सन दिने नर्समाथि पनि मृतकका आफन्तले दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ ।

मृतक क्रमशः ८६ र ६८ वर्षका निमोनियाका बिरामी थिए । ८६ वर्षीया वृद्धाको शव सोही दिन परिवारले बुझेको थियो । ६८ वर्षीय पुरुषको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी रिपोर्ट अध्ययनका क्रममा रहेको पाटन अस्पताल प्रशासनले जानकारी गराएको छ । ती वृद्धको शव समेत परिवारले बुझिसकेको छ ।

उनीहरूका उपचारका क्रममा प्रयोग गरिएको औषधि परीक्षणका निम्ति औषधि व्यवस्था विभागमा पठाइएको अस्पतालले जनाएको छ ।

पाटन अस्पतालमा आइतबार र बिहीबार अरू दिनभन्दा भीड हुने गरेको छ । आइतबार र बिहीबार ओपीडीमा बिरामीको संख्या एक हजार ८०० सम्म पुग्ने गरेको अस्पतालको तथ्यांक छ ।

efgm-1699341784.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro