site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्