विदेश
काठमाडौं । इन्डोनेसियाले गाजापट्टीमा प्यालेस्टाइनीका निम्ति ५१.५ टन मानवीय सहायता पठाएको छ । तीन उडानमार्फत इन्डोनेसिया सरकार र नागरिकका तर्फबाट सहायता सामग्री ढुवानी गरिएको हो ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले विमानहरू इजिप्टको एल–आरिश विमानस्थलमा अवतरण गर्ने बताए । त्यहाँबाट सहायता सामग्री गाजामा पठाइनेछ ।
सहयोगमा चिकित्सा उपकरण, औषधि, वाटर प्युरिफायर, कम्बल, टेन्ट र अरू सामग्री छन् ।
इन्डोनेसियाका निम्ति प्यालेस्टाइनका राजदूत जुहेर अल–शुनले प्रत्यक्ष रूपमा मानवीय सहायता गरिएको भन्दै सहयोगका लागि इन्डोनेसिया सरकार र नागरिकलाई धन्यवाद दिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० ११:१२
प्रतिक्रिया दिनुहोस्