site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
एमडीएमएस प्रणालीमार्फत भोलि करिब एक हजार फोन ब्लक हुँदै, कस्ता फोन पर्छन् ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि (कात्तिक २० गते) करिब एक हजार फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा आईएमईआई नम्बर दर्ता नभएका महँगा फोनहरु प्राधिकरणले दूरसञ्चार सेवा नचल्ने गरी ब्लक गर्ने भएको हो ।

भन्सार पास भएर आउने सबै फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउने व्यक्तिले बोक्ने र ल्याउने फोनको आईएमईआई नम्बर पनि नि:शुल्क दर्ता गर्न सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।

यसबाहेक कालोबजारीबाट भित्रिएका फोनहरु मात्रै एमडीएमएसमा दर्ता नहुने भएको भन्दै प्राधिकरणले त्यस्ता फोनमाथि प्रतिबन्ध लगाउने भएको हो ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भोलि ८०० भन्दा बढी ‘हाई रेन्जका–महँगा’ फोन प्रतिबन्ध गरिने बताएका छन् । बाह्रखरीसँग उनले भने, “भोलिदेखि नियमित रुपमा एमडीएमएसमा दर्ता नभएका फोनहरुमा दूरसञ्चार सेवा अवरुद्ध गर्छाैं । हामीले टेक्नोलोजी र मूल्यअनुसार हेरिरहेका छौँ । भोलि हाई रेन्जका ८०० भन्दा बढी फोन ब्लक हुन्छन् ।”

Global Ime bank

उनले त्यसपछि दर्ता नभएका अन्य फोनहरु दैनिक रुपमा प्रतिबन्ध गरिने बताए । नेटवर्क अपरेटर र पूरै नेटवर्कको सिस्टममै काम गर्नुपर्ने भएका कारण ‘पिक आवर’बाहेकका समयमा ती फोन प्रतिबन्ध गरिने उनले बताएका छन् । उनले भने, “भोलि पिक आवरभन्दा अघि–पछि कतिबेला हुन्छ, हेरेर हामीले ती फोन प्रतिबन्ध गर्छाैं ।”

आफ्नो फोन एमडीएमएसमा दर्ता भए/नभएको हेर्न र दर्ता गर्न यहाँबाट सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu