site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वायु प्रदूषणका कारण नयाँ दिल्लीमा खेलकुद कार्यक्रममा प्रतिबन्ध 

काठमाडौं । एयर क्वालिटी इन्डेक्स (एक्यूआई)को अवस्था डरलाग्दो भएपछि भारतको दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रममा प्रतिबन्ध लगाएको छ ।

वायु प्रदूषणको अनुगमन गर्ने संस्थानको सिस्टम अफ एयर क्वालिटी एन्ड वेदर फोरकास्टिङ एन्ड रिसर्च (एसएएफएआर)का अनुसार शुक्रबार दिल्लीको समग्र एक्यूआई ५०४ रेकर्ड गरिएको थियो । त्यो गम्भीर ‘प्लस’ श्रेणीमा परेको थियो । यो हावाको उच्च सतर्कता स्तर हो ।

आफ्नो ‘एडभाइजरी’मा सरकारले सबैलाई घरबाहिर कुनै शारीरिक गतिविधि नगर्न, प्रदूषणविरोधी मास्क लगाउन, काठ, मैनबत्ती वा धूप नबाल्न र धुलो कम गर्न कोठा सफा गर्न आग्रह गरेको छ ।

दिल्ली विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ । दिल्लीका अधिकारीहरूले बढ्दो प्रदूषणका निम्ति छिमेकी राज्यहरू पन्जाब र हरियाणामा पराल जलाउनु रहेको बताएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro