site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलेजस्तो सहज छैन देउवालाई, यस्तो छ दुवै पक्षको दाबी 
SkywellSkywell

काठमाडौं ।  आगामी मंसिरमा हुने भनिएको प्रनितिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुराबाट चुनाव लड्दैछन् । उनले २०४८ सालबाट लगातार पाँच पटक डडेल्धुराबाटै चुनावमा विजयी भएर पटक–पटक मुलुकको शासनभार सम्हालीसकेका छन् । 
२०४८ सालमा सम्पन्न चुनावबाट संसदमा विजयी देउवा गृहमन्त्री बनेका थिए । २०५१ सालमा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित देउवालाई २०५२ मा प्रधानमन्त्रीका रुपमा मुलुक हाँक्ने अवसर जुरेको थियो । २०५८ सालमा दोस्रो पटक प्रधानमन्त्री बनेका देउवाले २०५९ सालमा कांग्रेस टुक्र्याएर आफ्नै नेतृत्वमा कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए ।

२०६१ मा तेस्रो पटक प्रधानमन्त्री बनेका देउवालाई तत्कालिन राजा ज्ञानेन्द्र शाहले असक्षम घोषणा गरेर बर्खास्त गरेका थिए ।  २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा गृह जिल्ला डडेल्धुरा र कञ्चनपुर–४ बाट उनी विजयी भएका थिए । 

दोस्रो संविधान सभा निर्वाचनमा कैलाली–६ सँगै गृह जिल्लाबाट फेरि निर्वाचित भएका देउवा २०७२ सालमा कांग्रेसको सभापतिमा विजयी भएका थिए । कांग्रेस सभापति देउवा २०७४ जेठ २३ गते नेकपा माओवादी केन्द्रको सहयोगमा चौथो पटक प्रधानमन्त्री भएका थिए । 

KFC Island Ad
NIC Asia

प्रधानमन्त्रीको जिम्मेवारी काँधमा आएसँगै उनलाई संविधानतहः माघ ७ गतेभित्रै तीन तहको निर्वाचन गराइसक्नुपर्ने दायित्व आएको थियो । जस अनुसार देउवा नेतृत्वको सरकारले तीन चरणमा गरेर स्थानीय तहको निर्वाचन देशैभरी शान्तिपूर्ण ढंगबाट सम्पन्न गरिसकेको छ भने मंसिर १० र मंसिर २१ गरी दुई चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । 

देउवाको गृह जिल्ला डडेल्धुरामा दोस्रंो चरण अन्तरगत मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचन मिति नजिकिँदै गर्दा जनमानसमा प्रधानमन्त्री देउवाको अपराजित चुनावी यात्रा यथावत रहन्छ कि टुंगिन्छ भन्ने चासो बढ्दै गएको छ । स्थानीय तह निर्वाचनको परिणाम अनुसार डडेल्धुरामा कांग्रेस कम्युनष्टि गठबन्धनभन्दा झण्डै साढे आठ हजार मतले पछाडि छ । 

Royal Enfield Island Ad

स्थानीय तह निर्वाचनमा पाएको मतअनुसार डडेल्धुरामा कम्युनिष्ट गठबन्धनले २७ हजार ९७९ मत ल्याएको छ भने कांग्रेसले १९ हजार ५८९ मत पाएको छ । दोस्रो तहको स्थानीय तह निर्वाचनको परिणाम हेर्दा कांग्रेस सभापति देउवा सामु आगामी निर्वाचन सहज देखिँदैन । कम्युनिष्ट गठबन्धनले देउवाविरुद्ध डडेल्धुरामा माओवादी नेता खगराज भट्टलाई अघि सारेको छ । उनी यसअघि पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा देउवाका निकटतम प्रतिद्वन्द्वी थिए । 

देउवाले दोस्रो संविधान सभा निर्वाचनमा २३ हजार ९२० मत ल्याएर १२ हजार ४९३ मत ल्याएका माओवादीका भट्टलाई पराजित गरेका थिए । माओवादीसँग गठबन्धन गरेको एमालेका तत्कालिन उमेदवारले ताराप्रसाद जोशीले सात हजार १९० मत ल्याएका थिए । यसको अर्थ २०७० को निर्वाचनमा कम्युनिष्ट गठबन्धनको पक्षमा १९ हजार ६८० मत मात्रै थियो । 

त्यस्तै पहिलो संविधान सभा निर्वाचनमा देउवाले २० हजार ५२९ मत ल्याउँदा माओवादीका भट्टले १९ हजार १६१ मत ल्याएका थिए । त्यस्तै तेस्रो भएको दल एमालेका बिक्रमबहादुर शाहीले सात हजार ९८२ मत पाएका थिए । 

पहिलो र दोस्रो संविधान सभाको निर्वाचन परिणाम हेर्दा डडेल्धुरामा एमालेको मत स्थिर देखिएको छ भने कांग्रेस र माओवादीको मत चलायमान छ । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा माओवादीको डर–त्रासका कारण भट्टले बढी मत ल्याए पनि दोस्रो संविधान सभा निर्वाचनमा मतदाताले यथास्थानमा खुम्च्याई दिएको कांग्रेस नेता–कार्यकर्ताहरुको ठम्याई छ । कांग्रेस डडेल्धुराका नेता–कार्यकर्ता र कम्युनिष्ट गठबन्धनको आ–आफ्नै दाबीका बीच आशन्न निर्वाचनमा देउवा र भट्टमध्ये कसले बाजी मार्छन भन्ने बारेमा पूर्वानुमान लगाउन गाह्रो छ ।

तर प्रदेश सभा अन्तरगत डडेल्धुरा ‘ख’ बाट उमेदवार रहेका कांग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्ल भने आशन्न निर्वाचनमा सभापति देउवा १० हजार बढी मतले चुनाव जित्नेमा ढुक्क छन् । 

कांग्रेस जिल्ला सभापति मल्लले दिएका प्रधानमन्त्री देउवा चुनाव जित्ने आधारहरु  

 

१) कम्युनिष्ट गठबन्धन हुँदा कांग्रेस नेता–कार्यकर्ता एक ढिक्का भएका छन् । 

 

२) ०४६ को जनआन्दोलनपछि डडेल्धुराका नागरिकमा शिक्षा र स्वास्थ्यमा पहुँच, खानेपानीको व्यवस्था, यूवा वर्गले पाएको रोजगारीको अवसरमा कांग्रेस जोडिएको छ । 

 

३) सडक, सिँचाई, विद्युत लगायतका विकास निर्माणमा डडेल्धुराले मारेको छलाङमा सभापति देउवाको प्रत्यक्ष संलग्नता छ ।

 

४) देशमा अहिलेसम्म भएका ठू–ठूला परिवर्तनको नेतृत्व र कांग्रेसकै नेतृत्वमा संविधान जारी, संविधानको कार्यान्वयन अन्तर्गतको निर्वाचनको काम जनताले नजिकबाट नियालेका छन् । 

 

५) देउवाले समग्र सुदूरपश्चिमको विकासका लागि गरेका पहलका कारण उनीमाथिको जनताको आस्था र विश्वास अझै कायमै छ ।

 

६) बहुप्रतिक्षीत पञ्चेश्वर परियोजना र पश्चिम सेती जलविद्युत परियोजनालाई देउवा बाहेकका अरु नेताले पूर्णता दिन नसक्ने जनताको विश्वास छ । 

 

७) देउवाको अपराजित राजनीतिक यात्रा । प्रधानमन्त्री पद, उनको व्यक्तित्व र उनीसँगको जनताको अपेक्षा अझै बढी छ ।

उता कम्युनिष्ट गठबन्धन पनि मुलुककै प्रधानमन्त्रीलाई पराजित गर्न पाइने आशाका साथ प्रचार प्रसारमा खटिएको छ । देउवाको बिरासत तोड्न एमाले–माओवादीका कार्यकर्ताहरुले डडेल्धुराका गाउँ–गाउँमा चुनावी प्रचारलाई तीव्रता दिएका छन् । माओवादी नेता भट्टको चुनावी अभियानमा खटिएकी उनकी धर्मपत्नी पूर्वसांसद मञ्जु बम पनि प्रचार प्रसारमा व्यस्त छिन् । उनी यस पटक श्रीमान्ले चुनाव जित्नेमा ढुक्क छिन् । 

माओवादी नेतृ बमले दिएका खगराज भट्टले चुनाव जित्ने आधारहरु 

१) एक्ला–एक्लै चुनाव लड्दा पनि कांग्रेस सभापति देउवाका निकटतम् प्रतिद्वन्द्वी हुन् । एमालेसँगको चुनावी गठबन्धनले खगराज भट्ट झनै बलियो भएका छन् । 

 

२) स्थानीय तह निर्वाचनको मत परिणामअनुसार कम्युनिष्ट गठबन्धन भन्दा कांग्रेस पछाडि छ । 

 

३) देउवालाई २६ वर्षसम्म डडेल्धुराबासीले एकमुष्ठ जिताएर पठाएका हुन् । अव उनी बृद्ध भइसके । यस पटक डडेल्धुराबासीले खगराजलाई न्याय दिन्छन् । 

 

४) देउवाले जितेपनि कम्युनिष्ट गठबन्धनको सरकार बन्ने हो । त्यो सरकारमा देउवा मन्त्री बन्दैनन् भन्ने जनताले बुझेका छन् । मिलिजुली सरकार बने पनि देउवालाई कम्युनिष्ट गठबन्धनले प्रधानमन्त्री स्वीकार्दैन र उनी मन्त्री भने बन्दैनन् भन्ने जनताको बुझाइ छ । 

 

५) खगराजले चुनाव जिते डडेल्धुराका जनताले कम्युनिष्ट नेतृत्वमा बन्ने आगामी सरकारमा प्रभावशाली मन्त्रीका रुपमा पाउनेछन् ।

 

६) खगराज सामान्य किसानको छोरो हो । उनको सम्बन्ध सामान्य किसानसँग छ । देउवा ४–४ पटक प्रधानमन्त्री भइसकेको मान्छे हुन् । उनीसँग सामान्य जनताको पहुँच छैन् । जनताले पहुँच हुनेलाई माया गर्छन भन्नेमा ढुक्क छौं ।      


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०७४  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro