site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आर्थिक मन्दीको असर : खराब कर्जा बढ्दा अधिकांश बैंकको नाफा घट्यो 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकको नाफा औसतमा ३५.९३ प्रतिशतले घटेको छ । 

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा नाफा तीन अर्ब तीन करोड ९६ लाख रुपैयाँ घटेको हो । 

चालु आवको पहिलो त्रैमासमा वाणिज्य बैंकले १३ अर्ब ५१ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको पहिलो त्रैमासमा भने वाणिज्य बैंकहरूले १६ अर्ब ५५ करोड सात लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यो वर्षको असोज मसान्तसम्म सबै वाणिज्य बैंकहरूको खराब कर्जा वृद्धि भएकाले पनि नाफामा असर परेको देखिन्छ । 

Dabur Nepal
NIC Asia

गत वर्षको असोजको तुलनामा खराब कर्जा वृद्धि भएको भए पनि हिमालयन बैंकको नाफा भने सर्वाधिक वृद्धि भएको छ । यो बैंकले पहिलो त्रैमासमा एक अर्ब पाँच करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । 

गत आवको पहिलो त्रैमासमा यो बैंकले ५३ करोड २४ लाख रुपैयाँ आर्जन गरेको थियो । यो बैंकले सिभिल बैंकलाई प्राप्ति गरेकाले पनि नाफामा उलेख्य सुधार देखिएको हो । गत आवको पहिलो त्रैमासको तुलनामा यो बैंकको नाफा ९८.५३ प्रतिशतले वृद्धि भएको हो । 

यो वर्षको पहिलो त्रैमासमा सर्वाधिक नाफा गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भएको छ । यो बैंकले एक अर्ब ५२ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो बैंकको नाफा गत आवको तुलनामा ३३.४७ प्रतिशतले वृद्धि भएको हो । 

त्यसैगरी यो आवको पहिलो त्रैमासमा नबिल बैंक बढी नाफा आर्जन गर्नेमा दोस्रो भएको छ । नबिलले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा यो बैंकको नाफा ६.५१ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यो बैंकले एक अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । 

२० वाणिज्य बैंकमध्ये नाफा ऋणात्मक हुनेमा कृषि विकास बैंक छ । यो बैंक असोज मसान्तसम्म ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा छ । गत वर्षको सोही अवधिमा यो बैंक २२ करोड ९ लाख रुपैयाँ नाफामा थियो ।  

सात वाणिज्य बैंकको नाफा एक अर्बभन्दा बढी 
चालु आवको पहिलो त्रैमासमा सात वटा वाणिज्य बैंकले एक अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । यसरी एक अर्बभन्दा बढी नाफा आर्जन गर्नेमा एनआईसी एसिया, नबिल, हिमालयन, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट, प्राइम कमर्सियल र प्रभु बैंक रहेका छन् । 

पहिलो त्रैमासमा एनआईसी एसियाले एक अर्ब एक करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने नबिलले एक अर्ब ४६ करोड, हिमालयनले एक अर्ब पाँच करोड नाफा आर्जन गरेका छन् ।

त्यस्तै, ग्लोबल आइएमईले एक अर्ब २२ करोड, नेपाल इन्भेष्टमेन्टले एक अर्ब ५२ करोड, प्राइम कमर्सियलले एक अर्ब १५ करोड र प्रभुले एक अर्ब तीन करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । 

१२ वाणिज्य बैंकको नाफा घट्यो 
चालु आवको पहिलो त्रैमासमा २६ वाणिज्य बैंकमध्ये १२ वटाको नाफा घटेको छ । जसमा ५० प्रतिशतभन्दा बढी नाफा घट्नेमा पाँच वटा वाणिज्य बैंक छन् । 

५० प्रतिशतभन्दा बढी नाफा घट्नेमा कृषि विकास, सिद्धार्थ, लक्ष्मी सनराइज, नेपाल बैंक र कुमारी बैंक छन् । गत आवको पहिलो त्रैमासको तुलनामा कृषि विकासको नाफा ५०१.९३ प्रतिशत, सिद्धार्थको ९१ प्रतिशत, लक्ष्मी सनराइजको ७९.५३ प्रतिशत, नेपाल बैंकको ७६.४३ प्रतिशत र कुमारी बैंकको ७३.६४ प्रतिशत घटेको हो । 

Banijya-Bank-1699017105.JPG

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro