राजनीति
काठमाडौं । कोसी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गतेका लागि बोलाइएको छ ।
गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार सभाहल विराटनगरमा बस्ने भएको हो ।
प्रदेशसभा सचिवालयले सूचना टाँस गर्दै बैठकबारे जानकारी गराएको हो । प्रदेशसभाको बैठकको कार्यसूचीकोे विषय भने उल्लेख गरिएको छैन । कोसीमा स्थिर सरकार नभएका कारण प्रदेशसभामा पनि त्यसको असर परेको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० १७:५०
प्रतिक्रिया दिनुहोस्