site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थतन्त्र सकारात्मक बाटोमा जाँदै छ : अर्थमन्त्री महत
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले अर्थतन्त्र धरासायी भयो भन्ने प्रचार सही नभएको भन्दै अब ब्याजदर घट्ने बताए ।

त्यस्तै, जग्गाको कारोबार, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको बताए ।

Global Ime bank

उनले भने, “धरायसी केही पनि छैन । तपाईंहरू पटक–पटक धरायसी, धरायसी भन्नुहुन्छ । अहिले अर्थतन्त्रले विस्तारै पिकअप गरिराखेको छ । अब ब्याजदर पनि घट्छ । जग्गाको कारोबार, पर्यटक, रेमिट्यान्स् बढिराखेको छ । अर्थतन्त्रमा अर्थ आएको छ ।”

मानिसहरूमा आत्मविश्वासको कमी भएका कारण खर्च गर्न हिच्किचाइरहेको परिस्थितिमा अब सो परिस्थितिको अन्त्य भएको उनको भनाइ छ । 

“नकारात्मक कुराहरू बजारमा गएको हुनाले आत्मविश्वासको कमी थियो । आत्मविश्वास कमी भएको अवस्थामा खर्च गर्नेले पनि नगर्ने, लगानी गर्न पनि हिच्किचाउने परिस्थिति थियो । अब त्यो परिस्थिति विस्तारै अन्त्य भइराखेको छ । अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement