site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्युतीय व्यापार विधेयक राष्ट्रियसभाबाट पास
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक, २०८० पास भएको छ ।

सभाको बिहीबारको बैठकले विधेयक पास गरेको हो । विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफाबार छलफल भएर प्रतिवेदनसहित बुधबार पास भएको थियो ।

उक्त प्रतिवेदन विधेयकको अंग बनाउँदै बिहीबारको बैठकबाट पास भएको हो । अब यो विधेयक प्रतिनिधिसभा बैठकमा छलफलका लागि जानेछ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्