site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इन्जिनियरिङका १२ कार्यक्रम : प्रवेश परीक्षा दिँदै १० हजार विद्यार्थी 

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)अन्तर्गत बीईका १२ कार्यक्रमका निम्ति १० हजार विद्यार्थीले प्रवेश परीक्षा दिँदै छन् । यही कात्तिक १४ गतेदेखि सुरु परीक्षा आईओई पुल्चोक र पश्चिमाञ्चल क्याम्पस पोखरामा भइरहेको छ ।

विद्यार्थीको चापलाई मध्यनजर गर्दै चार सिफ्टमा परीक्षा भइरहेको आईओईका सहायक डिन सुशील बज्राचार्यले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

त्रिविअन्तर्गतका १५ इन्जिनियरिङ क्याम्पसमा चार हजार ४४ विद्यार्थी पढ्न पाउनेछन् । त्रिविको तालिकाअनुसार भदौमा हुनुपर्ने प्रवेश परीक्षा आईओईले सिभिल र आर्किटेक्चर इन्जिनियरिङको अध्ययन शुल्क वृद्धि गरेको विरोधमा दुई महिना पछि धकेलिएको थियो ।

यही शैक्षिकसत्रदेखि चारवर्षे बीई र बी आर्क अध्ययनको पूर्ण शुल्क सात लाख ७७ हजार ४२० रुपैयाँ पुर्‍याउने आईओईको निर्णय थियो । शुल्क यसअघि तीन लाख १८ हजार रुपैयाँ थियो ।

विद्यार्थी संगठनको लामो आन्दोलनपछि आईओईले यी दुई विषयमा चारवर्षे स्नातकको पूर्ण शुल्क चार लाख ९० हजार रुपैयाँ तोकेको छ । यो शुल्कमा सरोकारवाला सबैको सहमति भएपछि प्रवेश परीक्षा लिइएको हो । परीक्षा कात्तिक २० गतेसम्म चल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro