site stats
बाह्रखरी :: Baahrakhari
खेल
१०० रन नजोड्दै नेपालले गुमायो छैटौँ विकेट 
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालले गुल्सन झालाई छैटौँ विकेट गुमाएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ७९ रन जोड्दा ६ विकेट गुमाएको हो । गुल्सन तीन रनमा आउट भए ।

जारी खेलको १३ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर ७९ रन बनाएको छ ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्