site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई आठौँ सफलता, करणले लिए दोस्रो विकेट 
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालका करण केसीले आठौँ सफलता दिलाएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले १८औँ ओभरमा नसिम खुशीलाई गुमाएको हो । करणले खुशीलाई सन्दीप लामिछानेबाट क्याच गराए । जारी खेलमा करणको यो दोस्रो विकेट हो ।

जारी खेलको १८ ओभर सकिँदा ओमानले आठ विकेट गुमाएर १२२ रन बनाएको छ ।

त्यसअघि, सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए । अभिनाश बोहरा र गुल्सन झाले समान एक विकेट लिए ।

नेपाल आज लगातार तेस्रो जितसहित समूह ‘ए’को विजेता बन्ने लक्ष्यमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरलाई आठ र मंगलबार दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्