site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई सातौँ सफलता, अभिनाशले लिए पहिलो विकेट 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध नेपालका अभिनाश बोहराले सातौँ सफलता दिलाएका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमानले १५औँ ओभरमा कप्तान जिसान मक्सुदलाई गुमाएको हो । अभिनाशले मक्सुदलाई विकेटकिपर आसिफ सेखबाट क्याच गराए ।

Argakhachi Cement Island Ad

जारी खेलको १५ ओभर सकिँदा ओमानले सात विकेट गुमाएर १०१ रन बनाएको छ ।

त्यसअघि, सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिएका थिए । करण केसी र गुल्सन झाले समान एक विकेट लिए ।

नेपाल आज लगातार तेस्रो जितसहित समूह ‘ए’को विजेता बन्ने लक्ष्यमा छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरलाई आठ र मंगलबार दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्