खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा ओमानविरुद्ध बलिङमा नेपालले बलियो पकड बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङमा उत्रिएको नेपालले १० ओभर बलिङ गरिसक्दा ओमानको चार विकेट लिएको छ । ओमानले सुरुआती १० ओभरमा ६४ रन बनाएको छ ।
नेपालका सोमपाल कामीले दुई विकेट लिए । करण केसी र गुल्सन झाले समान एक विकेट लिए ।
नेपाल आज लगातार तेस्रो जितसहित समूह ‘ए’को विजेता बन्ने लक्ष्यमा छ ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरलाई आठ र मंगलबार दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० ०९:५८
प्रतिक्रिया दिनुहोस्