site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पलेशालाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाई दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री प्रचण्डले चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक विजेता गोवर्धनलाई बुधबार बधाई दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पलेशालाई सिंहदरबारमा भेटेर बधाई दिएका हुन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि बधाई दिए ।

पलेशाले हाङझाउमा के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि कांस्य पदक जितेकी थिइन् । पलेशाले जितेको पदक नेपालले एसियाली पारा खेलकुदमै जितेको पहिलो हो ।

सो अवसरमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro