site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूपेशको 'हत्या गर्ने' ५ जना सार्वजनिक, भारतीय प्रेमीसँग मिलेर बनाइएको थियो योजना !

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६ मदर्शा टोलमा रहेको एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश सर्राफको हत्यामा संलग्न रहेको आरोप लागेका पाँचजनाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार प्रहरीले मुख्य योजनाकार भनिएकी सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल २२ वर्षीय राधा गुप्तासहितलाई सार्वजनिक गरेको हो ।

प्रहरीले सहयोगीको भूमिका निभाएका कलैया–६ बस्ने ३४ वर्षीय जामिल अख्तर र कलैया–९ रामपुरका २६ वर्षीय रियाज अन्सारीलाई सार्वजनिक गरेको हो ।

त्यस्तै, गोली प्रहार गर्ने सुटरद्वय भारत मोतिहारी पूर्वी चरम्पारणका २३ वर्षीय चन्दन कुमार र २३ वर्षीय अभिनव कुमार राजपुतलाई पनि सार्वजनिक गरिएको छ । चन्दन र कुमारले रूपेशका हरेक गतिविधिको निगरानी गरेर गोली हानेको खुलेको बाराका डीएसपी दधिराम न्यौपानले बताए ।

मदर्शा टोलमा गोली प्रहारबाट सोमबार दिउँसो गम्भीर घाइते भएका रूपेशको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीले घटनास्थलबाट चार थान गोलीको खोका बरामद गरेको थियो । 

विवाहेत्तर प्रेम सम्बन्धका कारण हत्याको घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार राधा तीन वर्षदेखि भारत बस्ने मनोज गुप्तासँग पनि प्रेम सम्बन्धमा थिइन् । सोही विषयमा मनोज र रूपेशबीच विवाद हुँदै आएको थियो । विवादले उग्ररूप लिएपछि राधाले अर्का प्रेमी मनोजसँग मिलेर रूपेशको हत्याको योजना बनाएको देखिएको प्रहरीको दाबी छ ।

घटनामा संलग्न चारजना अझै फरार छ्न् । उनीहरू भारतीय नागरिक हुन् ।

भारत मोतिहारी दर्पा थाना–१ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चन्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनी गोली प्रहार गर्न संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro